दफा १७४
अन्य सवारी साधनको चालकले यस ऐनको पालन गर्नु पर्ने
यस ऐन बमोजिम दर्ता गर्न नपर्ने सवारी साधन वा कुनै सवारी साधन चलाउन यस ऐन बमोजिम चालक अनुमतिपत्र लिन नपर्ने रहेछ भने त्यस्तो सवारी चलाउँदा चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको आदेशद्वारा निर्धारित ट्राफिक सङ्केतको पालना गर्नु पर्छ ।